राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

माओवादी केन्द्र उपत्यका विशेष प्रदेश कमिटी सचिवमा झापाका सुरेन्द्र बस्नेत निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा जगत सिम्खडा निर्वाचित भएका छन् ।

यस्तै सचिवमा सुरेन्द्र बस्नेत निर्वाचित भएका छन् । सम्मेलनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल, विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारीलाई निर्वाचित गरेको छ ।

शनिबार काठमाडौंमा उद्घाटन भई आइतबार रातिसम्म चलेको बन्द सत्रमा सर्वसम्मत रुपमा १४१ सदस्यीय प्रदेश समितिको घोषणा निर्वाचन समितिले जनाएको छ । सम्मेलनमा आयोजकसहित कुल ६४० जना प्रतिनिधि सहभागी थिए ।

दुई दिन चलेको सम्मेलनको वन्दसत्रमा आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन परिमार्जन सहित पारित गरिएको थियोे । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँद‍ो पुस ११/१३ मा काठमाडौंमा हुँदैछ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article