सर्वदलीय बैठक सुरु भएको छ । आज (आइतबार) को लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका थिए ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरुको सहभागिता रहेको छ ।

यद्यपि बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सहभागिता रहेको छैन । देउवाले संसदको गतिरोध अन्त्य र एमसीसी लगायतका बिषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बालुवाटारमै बसेको थियो । सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा सत्ता गठबन्धनमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।