समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कांग्रेस महिला केन्द्रीय सदस्य टप–९ भित्र परेका उम्मेदवार यी हुन्

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत खुला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । अब करिब एक हजार मत गणना हुन बाँकी छ ।

Advertisement

अहिलेसम्म ३५५० मत गणना भइसकेको छ । जसमा डिला संग्रौला अग्रस्थानमा छिन् । उनले अहिलेसम्म २२१७ मत प्राप्त गरेकी छिन् ।

Advertisement

यस्तै दोस्रोमा पुष्पा भुसाल छिन् । उनले २०९८ मत प्राप्त गरेकी छिन् । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा भने १९६६ मतसहित तेस्रो नम्बरमा छिन् ।

यस्तै १७७४ मतसहित अम्बिका बस्नेत चौथो नम्बरमा छिन् भने, ईश्वरी न्यौपाने १७१९ मतसहित पाँचौं नम्बरमा छिन् । सरिता प्रसाईं १६९६ मतसहित छैठौं नम्बरमा रहेकी छिन् ।

सातौं नम्बरमा रहेकी रमा कोइरालाले १४४३ मत ल्याएकी छिन् । आठौं नम्बरमा रहेकी रंगमति शाहीको १३९२ मत रहेको छ ।शुशिला ढकाल १३८२ मतसहित नवौं नम्बरमा छिन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article