समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापाली महिला नेत्री प्रसाईं र ढकाल काङ्ग्रेस केन्द्रिय सदस्यमा बिजयी

हल्दिवारी : नेपाल काङ्ग्रेसको आसन्न १४ महाधिवेशन बाट झापाका २ सक्रिय महिला नेत्री सरिता प्रसाईं र सुशीला ढकाल महिला केन्द्रिय सदस्यमा निर्वाचित भएका छ्न ।
नेत्री प्रसाईं दोस्रो कार्यकालको लागि केन्द्रिय सदस्यमा निर्वाचित भएकी हुन भने ढकालले दोस्रो पटक केन्द्रिय सदस्य मा बाजि मारेकी हुन ।
नेपाल विद्यार्थी संघको राजनीति बाट राजनीति यात्रा शुरु गरेका दुबै नेत्रीको केन्द्रिय सदस्यमा बिजयबाट महिला हक हित का बिशयमा सक्रिय हुने बिश्वास लिएको छ l

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जसअनुसार डिला संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन्। कूल ४६७९ खसेको मतमध्ये दोस्रो नम्बरमा पुष्पा भुसालले २७१८ र तेस्रो नम्बरमा आरजु राणा देउवाले २५३६ मत पाएर निर्वाचित भइन्।

Advertisement

यस्तै नौ जना निर्वाचित हुने महिला खुला केन्द्रीय सदस्यतर्फ चौथो स्थानमा अम्बिका बस्नेत २३३९, पाँचौमा ईश्वरी न्यौपाने २२५९, छैठौंमा सरिता प्रसाई २०९६, सातौमा रमा कोइराला पौडेल १८५८ मतसहित विजयी भइन्। यस्तै सुशीला ढकाल आचार्य १८०८ र रंगमती शाही १७८९ मत ल्याएर विजयी भइन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article