समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

शशांकलाई उछिन्दै मुक्ताकुमारी यादवलाई सर्वाधिक मत

काठमाडौं, ६ पुस-  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । उनले ३९६० मत ल्याएकी हुन् । उनी मधेशी महिला समूहतर्फबाट सदस्यमा निर्वाचित भएकी हुन् ।

Advertisement

यसअघि केन्द्रीय सदस्यमा सर्वाधिक मत शशांक कोइरालाले ल्याएका थिए । तर, कोइरालाले ल्याएको ३८३६ मतभन्दा १२४ मत बढी ल्याइन् ।पदाधिकारीको मत परिणाम आउँदा गगनकुमार थापाले सर्वाधिक मत पाएका थिए । उनले ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका थिए ।]

Advertisement

तर, खुला केन्द्रीय सदस्यको परिणाम आउँदा गगनलाई उछिनेर शशांकले ३८३६ मत ल्याए । मधेशी महिला समूहको परिणाम आउँदा शशांकलाई मुक्ताकुमारीले उछिनेर सर्वाधिक मतसहित सदस्यमा निर्वाचित भएकी हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article