भरुवा बन्दुक सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुछ्रे गाउँपालिका-५ बस्ने ३४ वर्षीय गणेश गुरुङ सहित २ जना रहेका छन् ।

निजहरुलाई पोखरा महानगरपालिका-३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित बिहिबार दिउँसो पक्राउ गरेको छ । तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग-१३ प ८२०० नम्बरको मोटरसाइकलमा सवार निजहरुमाथि चेक पाँच गर्ने क्रममा उक्त बन्दुक बरामत भएको हो ।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङको झोलाभित्र उक्त बन्दुक फेला पारी गुरूङ र मोटरसाइकल चालक समेतलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।