स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

थप २६० जनामा कोरोना संक्रमण पुष्टि , ३४९ जना निको र २१ जना संक्रमित भने भेन्टिलेटरमा

नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै आज सम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९ लाख २३ हजार १६ पुगेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यसैगरी, पछिल्लो २४ घण्टामा ३४९ जना संक्रमण मुक्त भएका छन् । साथै एक जना कोरोना संक्रमितको भने ज्यान गएको छ । कोरोना संक्रमित मध्ये ७७ जना आईसीयू र २१ जना भेन्टिलेटरमा उपचार गराइरहेका मन्त्रालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article