समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

स्रोत नखुलेको नगदसहित कुशवाहा पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । बारा, कलैया उपमहानगरपालिका-१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्दा रन्देशलाई १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article