झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरे ।


दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आज यहाँ आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताए ।

‘एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो’, उनले भने, ‘अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पु¥याउँछन् ।’ शनिबार गृह जिल्ला आएका अध्यक्ष ओली सोमबारसम्म दमकमा रहने बताइएको छ ।