हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एमसीसीबारे देउवाको प्रतिक्रिया– देशको प्रधानमन्त्री हुँ, राष्ट्रघाती काम गरौँला त ?

काठमाडौं, ११ पुस । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशघाती नभएको दाबी गरेका छन् । आज माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा सभापति देउवाले उद्घाटन सत्रमा केही नेताले एमसीसी राष्ट्रघाती सम्झौता भनेकोमा आपत्ति जनाउँदै पहिला पढेर मात्रै टिप्पणी गर्न आग्रह गरे।

Advertisement

‘राष्ट्रघाती भन्नेले एमसीसी पढेको छ कि छैन मलाई थाहा छैन । पहिले पढ्नुपर्‍यो नि । मैले पढेको छु, मैले त काहीँ राष्ट्रघात देखेको छैन । म पनि देशको प्रधानमन्त्री हो, नेपालको खिलाफमा जाउँला त ? किन राष्ट्रघाती काम गरौँला त मैले । ? यो विषयमा हामीले छलफल गरिरहेका छौँ । यो नेपालको हितमा छ, यो सित्तैमा आएको पैसा हो, नेपालको कानुनअनुसार आएको हो, राम्रोसँग बुझेर मात्रै बोल्नुपर्छ । यसमा धेरै छलफल गरेर पारित हुनेछ’, देउवाले भने ।

Advertisement

प्रधानमन्त्री देउवाले आफू पनि प्रजातन्त्रका लागि लडेको व्यक्ति भएकाले राष्ट्रियताविरुद्ध नजाने बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)