धर्म
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पूर्वयुवराज्ञी हिमानीलाई ललितपुरका स्थानीयबासीले घेरे

काठमाडौं, १३ पुस । पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरको बज्रवाराहीमा विशेष पूजा आराधना तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी छन्। उनले नेवा एकता समाजले बज्रवाराही मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा बज्रवाराही शक्ति पीठको पूजा गर्नुका साथै ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी हुन्।

Advertisement

पुजारी बासुदेव कर्माचार्यले पूर्वयुवराज्ञी शाहलाई टीका लगाइएका थिए भने उनी त्यहाँ पुग्दा स्थानीयबासीले स्वागत गरेका थिए ।

Advertisement

स्थानीयबासी स्वागतका लागि स्वत स्फूर्त उपस्थित भएपछि हिमानीलाई कार्यक्रमस्थलबाट बाहिरिन हम्मेहम्मे परेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article