समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

दमकमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु

दमक ,झापा : झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको राप्ती- ४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला- ३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी- ४ निवासी २३ वर्षीय अनिल विक रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

Advertisement

प्रहरीका अनुसार दमक नगरपालिका- २ स्थित भाङवारिमा गए राति प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको थियो।

Advertisement

एउटै मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले बताए। उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ। थाहाखवरबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article