हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल पशु पन्छी संघमा महेसलाल  मेचेको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित 

बिर्तामोड  , १५ पौष ।  नेपाल पशु पन्छी औसधि व्यवसाय संघ मेची शाखाको नवौं अधिवेशनले महेशलाल मेचेको अध्यक्षतामा  निर्विरोध कार्यसमिति चयन गरेको छ ।
संघका केन्द्रिय उपाध्यक्ष उमनाथ भण्डारीको प्रमुख आतिथ्यतामा भएको संघको साधारणसभाले उपाध्यक्षमा पुन्य भट्टराई ,सचीवमा डेनु मगर ,सहसचिवमा भिम निरौला र कोषाध्यक्षमा भुवन कार्कीलाई समेत निर्विरोध चयन गरेको छ ।
त्यस्तै कार्यसमिति सदस्यमा राम बहादुर श्रेष्ठ ,शिव सकर शाह ,खगेन्द्र रीजाल , लक्ष्मी सापकोटा , टक पौडेल , दिनेश ढकाल  र नारायण बराल  समेत निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।
झापाको सुरुङ्गा सामुदायिक भवनमा संघको साधारण सभा सम्पन्न भएको थियोे ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)