हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सृजनशिल आमा समुहको वार्षिक साधारणसभा सम्पन्न 

  • सृजनशिल आमा समुहको वार्षिक साधारणसभा सम्पन्न 
हल्दिवारी , १६ पौष । सृजनशिल आमा समूह हल्दिवारी – ४ को दोस्रो  बार्षिक साधारणसभा  प्रदेश सभा सदस्य माननीय पूर्णसिंह राजवन्सीको प्रमुख आतिथ्यतामा आज शनिबार  सम्पन्न  भएको छ।
आमा समुहको  नवनिर्मित भवनमा सम्पन्न साधारणसभालाई प्रमुख अतिथी माननीय पूर्णसिंह राजवन्सी ,हल्दिवारी गाउँ कार्यपालिका सदस्य गितादेवी तिम्सिना ,वडा सदस्य शान्तादेवी गौतम , हल्दिवारी उधोग बाणिज्य संघ सचीव तथा प्रेस क्लब हल्दिवारी अध्यक्ष   नेत्र बिक्रम बिमली , स्थानीय समाजसेवी बालकृस्ण बेडारी ,सुर्यबहादुर राई लगानीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त अवसरमा आमा समुहलाई  जग्गा प्रदान गर्नुहुने आमा छोरा  गोमादेवी खरेल  र छोरा प्रकाश खरेललाई संमान गरिएको थियोे ।
समुहकी अध्यक्ष होमादेवी खरेलको सभापतित्वमा भएको दोस्रो साधारणसभामा अध्यक्ष खरेलले वार्षिक बजेट प्रस्तृत गर्नु भएको थियोे । १५ जना सदस्य बाट शुरु भएको सृजनशिल आमा समुहमा हाल ४० जना आमाहरू आवद्ध रहनु भएको  समुहले जनाएको छ ।
समुहकी  उपाध्यक्ष इन्दिरा सिवाकोटीले स्वागतगर्नु भएको साधारणसभाको सहजीकरण समुहकी सचिव   सुशीला उप्रेती गर्नु भएको थियोे ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)