काठमाडौं, १८ पुस । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज (आइतबार) एक विज्ञप्ति जारीगर्दै काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

सोमबार दिउँसो २:०० बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको विज्ञप्तिमा उल्लेख छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो ।

पहिलो बैठक यसअघि यही पुस १० गते बसेको थियो । उक्त बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई आग्रह गरिएको छ ।
