हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाली काङ्ग्रेस : झापाका गोपालकुमार बस्नेत सहित ६ जना रास्टिय सभा सदस्य उम्मेद्बारी घोषणा

Advertisement

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आज (सोमबार) पार्टी कार्यालय सानेपामा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो ।

Advertisement

राष्ट्रियसभा निर्वाचनका उम्मेदवार हुनेहरुमा प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायण मिश्र रहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै बैठकले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यवद्ध ढंगले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरुलाई विजयी गराउन मतदाताहरुलाई आह्वान गरेको छ । आज बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रियसभाको लागि १९ सिटमा भागबण्डा टुंगो लगाएको थियो । जसमा काँग्रेसले ६, माओवादी केन्द्रले पाँच, नेकपा (एकीकृत समाजवादी)ले ५, जसपाले २ र जनमोर्चाले एक सिट पाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)