हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भ्रष्टाचार गर्ने मनसाय भएकाहरू राप्रपाबाट अलग भए हुन्छ : लिङ्देन

पौस २२ २०७८ l धनगढी, २२ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न आग्रह गरेका छन् ।

Advertisement

देश बनाउने र देशलाई बरबाद पार्ने शक्तिबीच नेपालमा ध्रुवीकरण भइरहेको भन्दै र अध्यक्ष लिङ्देनले देशका लागि निस्स्वार्थ काम गर्ने इच्छा भएका व्यक्तिलाई राप्रपामा आउन र गलत स्वार्थ भएका व्यक्तिलाई अन्य पार्टीमा लाग्न आग्रह गरे । राप्रपा नेपालले बिहीबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय भेलामा बोल्दै उनले गलत सोच भएका व्यक्ति पार्टीमा बस्न नसक्ने बताए ।

Advertisement

‘ठुला दलहरू मिलेर देशको सम्पत्ति स्वाहा पार्दै छन्,’ अध्यक्ष लिङ्देनले भने, ‘राप्रपा देश बनाउने अभियानका साथ हिँडेको छ, कसैलाई भ्रष्टाचार गर्ने मन भए कांग्रेस, एमाले, माओवादीमा लागे हुन्छ ।’ देश निर्माण गर्नका लागि आफूहरू आमाको कसम खाएर राजनीतिमा लागेको उनको भनाई छ ।

‘हामी भ्रष्टाचार गर्दैनौं भनेर अरू कुनै पार्टीका नेताले आमाको कसम खानै सक्दैनन्,’ उनले भने, ‘किनकि उनीहरू अकुत सम्पत्ति कमाउने उद्देश्य लिएर राजनीति गर्दैछन्, राप्रपा देशको संस्कृति जोगाउन र देशमा विकास गर्न भनेर आएको पार्टी हो ।’

अध्यक्ष लिङ्देनले नेपाल हिन्दुराष्ट्रनै भएको जिकिर गरे । ८० प्रतिशत नेपाली अहिले पनि हिन्दु राष्ट्र हुनुपर्छ भन्दै आवाज उठाउने गरेको स्मरण गर्दै उनले अव हिन्दु भावना भएका सबैलाई समेटेर अघि बढ्ने बताए । ‘८० प्रतिशत नागरिकले हिन्दु धर्मलाई मान्दै आएका छन्,’ उनले भने, ‘त्यसैले नेपाल हिन्दु राष्ट्र नै हो, कसैको इसारामा आएको धर्म निरपेक्ष जनताले मानेका छैनन् ।’

उनले देशलाई सही दिशामा अघि बढाउन र नेतृत्व दिन राजसंस्था अपरिहार्य भएको दाबी गरे । विकसित देश ९बेलायत, जापान० मा राजसंस्था हुँदा विकासले फड्को मारेको उनले बताए । ‘राप्रपाले संवैधानिक राजतन्त्र आउनुपर्छ भनेको छैन,’ उनले भने, ‘संविधान भित्र राजसंस्था पनि अटाउनु पर्छ भनेको छ ।’

राप्रपाका पूर्व अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले दलहरूले नेपालमा शासन गर्दा भ्रष्टाचार मौलाएको भन्दै त्यसलाई रोक्न राजसंस्था आवश्यक रहेको बताए । नेपाललाई हिन्दु राज्य कायम गर्न र राजसंस्था स्थापना गर्न आगामी निर्वाचनमा सबैले राप्रपालाई भोट दिनु पर्ने उनले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)