हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रदेश १ मा कोरोना संक्रमित ह्वात्तै बढ्यो , आज ४६ जनामा संक्रमण

पौस २३ २०७८ l प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण भएको छ । ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा ६, झापामा २ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा २–२ र उर्लाबारीमा १ जना, सुनसरीको इटहरीमा ३, धरान, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको शिवसताक्षी र विर्तामोडमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र ७ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १६८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)