हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

राप्रपा अध्यक्ष लिङ्गदेनको क्षेत्रमा पहिरो ३५० भन्दा बढी काङ्ग्रेसमा प्रवेश 

राप्रपा अध्यक्ष लिङ्गदेनको क्षेत्रमा पहिरो ३५० भन्दा बढी काङ्ग्रेसमा प्रवेश 

Advertisement
बाह्रदशी : २४ पौष ।  नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले आज नेपाली  बाह्रदशी गाउँसमितिले आयोजना गरेको पार्टी प्रवेश तथा बनभोज कार्यक्रममा ३५० भन्दा बढी राप्रपा , नेकपा एमाले ,माओवादी केन्द्रका कार्यकर्तालाई पार्टीको सदस्यता हस्तान्तरण गर्दै पार्टी प्रवेश गराउनु भएको छ ।
पार्टीको सदस्यता बितरण गर्दै नेता सिटौलाले पैसाको लागि होइन निष्ठाको राजनीति गर्न कार्यकर्तालाई आह्वान गर्नु भएको छ ।
यहि बैशाख जेष्ठमा हुन लागेको स्थानीय निर्वाचनको लागि सक्रिय भएर लाग्न समेत नेता सिटौलाले नेता कार्यकर्तालाई निर्देशन समेत दिनु भएको छ ।
काङ्ग्रेस भित्रको चुनाव सकिएको र अब सबै मिलेर अगाडि बड्न समेत सिटौलाले उक्त अवसरमा कार्यकर्तालाई आह्वान समेत गर्नु भयो ।
राप्रपाका करिब २ सय कार्यकर्ता उक्त अवसरमा नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका थिए ।
राप्रपा  ३ नम्बर वडाका  सभापति पंकज आचार्य ,क्षेत्रीय  सदस्य टीका राम कटुवाल ,मिलन तामाङ ,लोकनाथ सङौला, पुर्व शिक्षक सियाराम यादव लगाएतले नेपाली काङ्ग्रेसमा प्रवेश गरेको बाह्रदशी काङ्ग्रेस सभापति इन्द्र बस्नेतले बताउनु भयो ।
नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा काङ्ग्रेस जिल्ला सभापति देउमान थेबे ,सचिव नवीन बिमली ,बाह्रदशी गाउँपालिका अध्यक्ष – उपाध्यक्ष तथा बाह्रदशी ,हल्दिवारी ,बिर्तामोड – १० का सयौं नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियोे ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)