हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रधानमन्त्री देउवाको कोरोना परीक्षण, के आयो रिपोर्ट ?

काठमाडौं, २६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। सोमबार गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री देउवाको सचिवालले जनाएको हो।

Advertisement

विहीबार र शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतामा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा होम आइसोलेसनमा बसेका थिए।

Advertisement

उक्त बैठकमा सहभागी रहेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि शनिबारदेखि होम आइसोलेसनमा थिए। उनीहरू दुवै जनाको सोमबार पीसीआर परीक्षण गरेको सचिवालले जनाएको छ। देउवासँगै कार्कीको पनि परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)