समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

करेन्ट लागेर प्रधानाध्यापकको मृत्यु

तेह्रथुम, २६ पुस –  तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार दिउँसो करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । फेदाप गाउँपालिका- १ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप(१ पुल्डुङगका प्रधानाध्यापक हुन् । विद्यालयमा सञ्चालन हुँदै गरेको परीक्षापछि घर आएर घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा बस्नेतको मृत्यु भएको पोक्लाबाङ प्रहरीचौकीले जनाएको छ ।

Advertisement

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article