हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

शिक्षामन्त्री देवेन्द्र पौडेललाई पनि कोरोना संक्रमण

काठमाडौं, २६ पुस- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ । सोमबार बिहान गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री पौडेललाई कोरोना पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

Advertisement

रुघा र सामान्य खोकी लागेपछि पौडेलले पीसीआर परीक्षण गरेका थिए । पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ। मन्त्री पौडेलले सोमबार बिहान पीसीआर परीक्षण गरेका थिए ।

Advertisement

पौडेलका प्रेस संयोजक विमल खड्काका अनुसार मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शक्ति बस्नेत लगायतलाई कोरोना संक्रमण भएको थियो ।  प्रधानमन्त्री देउवाको पीसीआर भने नेगेटिभ आएको बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)