हल्दिवारी । नेपाल तरुण दल हल्दिवारी ४ नम्बर वडा कमिटीको आज भएको अधिबेशनले दिपेन्द्र मेचेको सभापतित्वमा २१ सदस्य कमिटी सर्वसम्मत चयन गरेको तरुण दल हल्दिवारीका सचीव धर्मराज काफ्लेले जानकारी दिएका छ्न ।

तरुण दल झापाका सभापति गोपाल तामाङको प्रमुख आतिथ्यतामा भएको ४ नम्बर वडा कमिटीको अधिबेशनले सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको हो । कमिटीको सहसभापतीमा कमल श्रेष्ठ र बिजय लावती त्यस्तै सचीवमा हरि प्रसाईं र रमेश खनाल त्यसैगरी सहसचिवमा किरण मेचे र मनिष प्रसाईलाई चयन गरिएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा क्रमशः शेखर दाहाल , युवराज शिवाकोटी ,निथुन मेचे , शर्मिला लामिछाने ,राहुल शाह ,मुनिलाल मेचे, मनोज हेमरम ,झाल मर्डी ,शंदेस लिम्बू ,टंक आचार्य ,सन्तोष बराल ,प्रदीप भट्टराई ,बिशाल भुजेल र प्रकाश कार्कीलाई सर्वसम्मत रूपमा चयन भएका हुन ।
वडा नम्बर ४ तरुण दलका सभापति शेखर दाहालको सभापतित्वमा भएको अधिबेशनलाई कार्यक्रमका प्रमुख अतिथी गोपाल तामाङ , तरुण दल ३ नम्बर क्षेत्रीय सभापति खडग लिम्बू , हल्दिवारी तरुण दल सभापति बुद्ध राज मावो ,वडा नम्बर ४ का अध्यक्ष होम चुडाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाली काङ्ग्रेस ४ नम्बर वडाका कार्यवाहक सभापति टिकाराम काफ्लेले स्वागत गर्नु भएको अधिबेशनको सहजीकरण सचिव शागरमणी नेपालले गरेका थिए ।