हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भारतीय प्रधानमन्त्री मोदीलाई एमालेले दियो यस्तो चेतावनी

काठमाडौं, २७ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयप्रति आपत्ति जनाएको छ। एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले एक विज्ञप्ति जारी गर्दै नेपाली भू–भाग ९लिपुलेक, लिम्पियाधुरा०मा सडक लगायतका संरचना निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

Advertisement

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने पनि भट्टराईद्वारा जारी वक्तव्यमा भनिएको छ। ‘सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा एमाले को अविचलित मान्यता छ,’ भट्टराईद्वारा जारी वक्तव्यमा भनिएको छ।

Advertisement

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रुपमा रहेका र गत वर्ष नै राजनीतिक(प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत् नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै रहेको वक्तव्यमा उल्लेख छ।

राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारले सन्देहास्पद मौनता साधेको भन्दै एमालेले सरकारको मौनाताले अनेकौं प्रश्न जन्माएको बताएको छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार भैरहेको बताएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)