हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

उर्लाबारी चौकमा दुर्घटना: एकको मृत्यु, एक गम्भिर घाइते

उर्लाबारी :  पूर्वपश्चिम राजमार्गअन्तरगत उर्लाबारी–७ मा मोटरसाइकल र मारुती भेन ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

Advertisement

बुधवार बेलुका ७ः४० बजेको समयमा ग्राण्ड होटल नजिक पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ च ३६४४ नम्बरको मारुती भेन र पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

Advertisement

मोटरसाइकलमा सवार उर्लाबारी–४ का २५ वर्षीय पवन लिम्बू र सोही ठाउँका ३२ वर्षीय हिरण वि.क घाईते भई बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा पवन लिम्बूको उपचारको क्रममा राती ८ः३० मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल  र भेन चालक ईलाम चुलाचुली-२ का ४५ वर्षीय वकिल कुमार देवानलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा राखेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)