समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अपराधः विदेश जाँदा खादा र माला, फर्किदा हत्कडी

काठमाडौं, पुस ३० ।  इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार अभियुक्त उदयपुर बेलका नगरपालिका–६ का गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी नेपाल ल्याइएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगर साउदी अरेबियामा पक्राउ परेपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो । नेपाल समाचारपत्र दैनिकबाट

Advertisement

अभियुक्त मगर २०६१ साल मंसिर १३ गते मानबहादुर तामाङलाई हत्या गरेपछि फरार रहेका थिए । उनी छद्म भेषमा साउदी पुगेको पत्ता लागेपछि इन्टरपोलको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार मगरलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा इन्टरपोल शाखामार्फत इन्टरपोल महासचिवालयले अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउका लागि २०७७ साल माघ २६ गते अभियुक्त मगरविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो । उक्त घटनामा संलग्न रहेका अर्का जयवीर राई भने अझै फरार छन् । प्रहरीले उनको खोजीलाई तीव्र बनाएको दाबी गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article