समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भारतको अतिक्रमणविरुद्ध प्रतिवाद गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेकोप्रति आपत्ति जनाएको छ। राप्रपाले आज एक प्रेस विज्ञप्ति जारी गरी केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गरेको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्ध रहेको बताएको छ।

Advertisement

‘लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ। कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ’ पार्टीका महामन्त्री भुवन पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Advertisement

भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धन मौन रहनु दुःखद् र रहस्यमय भएको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article