स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आज ४९६१ संक्रमित थपिए ? यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ४९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १५ हजार ९३१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १२ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ४५३४ जना र दुई हजार ५५९ जनाको एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६२० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २३५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १६ हजार ४३८ जना पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article