समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

गौरादहमा भारतबाट अवैधरूपमा  भित्र्याइएका ६४० केजी माछा बरामद

झापा l भन्सार छलेर भारतबाट अवैधरूपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ९२ हजार बराबरको ६४० केजी माछा प्रहरीले आज बरामद गरेको छ । गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे१च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो ।

Advertisement

सो माछा इलाका प्रहरी कार्यालय गौरादहले स्थानीय बुद्धिजीवी, पत्रकार जनप्रतिनिधिसहितको रोहबरमा खाल्डोमा हाली आजै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।

Advertisement

सखुवाको काठ बरामद

आजै बुद्धशान्ति गाउँपालिका–१ दामाखोलाबाट प्रहरीले सुखवा जातको गोलिया काठ बरामद गरेको छ । दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको ४७ क्युविक फिट काठ फेला पारी इलामको रोङ सबडिभिजन कार्यालयमा बुझाइदिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article