हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रचण्डको देउवालाई प्रस्ताव: एमालेले संसद् चल्न दिएन, पहिला संसदीय चुनाव गरौं !

सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रस्ताव अघि सारेका छन् । उनले नेकपा एमालेले लगातार सदन अवरोध जारी राखेको र उसको उद्देश्य नै यो संसद्लाई सफल हुन नदिने भएकाले बैशाखमा संसदीय चुनाव गर्न प्रस्ताव गरेको बताएका छन् ।

Advertisement

अध्यक्ष प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा यस्तो प्रस्ताव राखेको बताइन्छ। उनले आगामी वर्ष संसदीय निर्वाचन गर्नैपर्ने बाध्यात्मक अवस्था पनि भएकाले पहिले संसदीय चुनाव गर्ने र त्यसपछि बन्ने सरकारले स्थानीय तहको चुनाव गराउने बताएका हुन् ।

Advertisement

प्रचण्डको यस्तो प्रस्तावपछि देउवाले गठबन्धनमा छलफल गर्ने बताएका छन् । प्रचण्डको प्रस्तावमा गठबन्धनका अन्य दलहरु सकारात्मक भए पहिला संसदीय निर्वाचन हुने सम्भावना देखिन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)