स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपालमा पछिल्लो चौबीस घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो चौबीस घण्टामा नेपालमा ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २३ हजार ४०९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १८ हजार ७८ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार ५०२ जना र पाँच हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८५० जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६२८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ६१३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १७ हजार ५४७ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ रहेको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article