हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

लिङ्देनले राजनीतिक दलका नेतालाई लगाए यस्तो आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाएका छन् ।

Advertisement

आज ९बुधबार० झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने भन्दै यसलाई पेशा, व्यपार बनाउँन नहुने बताएका छन् ।

Advertisement

केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको भन्दै लिङ्देनले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सेन्डिकेट अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृत्वमा पुर्‍याउनु पर्ने बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)