हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काँग्रेस महामन्त्री शर्मा, शर्माकी पत्नी,छोरी र छोरामा कोरोना संक्रमण

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज (बुधबार) उनले आफूलाई कोरोना पुष्टि भएको बताएका हुन् ।

Advertisement

शर्माले आफूसहित स(परिवार कोरोनाबाट संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका हुन् । त्यस्तै उनले ८ महिनापछि फेरि स(परिवार कोरोना संक्रमित भएको बताए । शर्माकी पत्नी, एक छोरी र छोरामा पनि कोरोना संक्रमण देखिएको हो ।

Advertisement

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’ लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीआर गरिएकोमा आज सबैको रिपोर्ट पोजेटिभ आएको उनले बताए । शर्माले कोरोनालाई जितेर एक सातामा काममा फर्किने बिश्वास व्यक्त गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)