राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन भएको छ । आज (बिहिबार) मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन हुने सहमति भएको हो ।

आज जनकपुरमा आयोजित कार्यक्रममा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गर्दै दुबै दलका नेताहरुले गठबन्धनको सहमति भएको जानकारी दिएका हुन् ।

मदेश प्रदेशमा अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले समर्थन गर्ने सहमति भएको छ ।
मधेस प्रदेशमा एमाले र लोसपाले गठबन्धन गरेपनि सत्तारुढ गठबन्धननै हावी देखिएको छ । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ ।
सहमतिपत्र
