समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

जनकपुरमा हत्या गरिएको अवस्थामा युवतीको शव फेला

जनकपुर l  धनुषाधाम नगरपालिका–६ मालटोलमा हत्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गदेखि करिब दुई किमी दक्षिणमा रहेको स्थानीय पदम थापाको आँपको बगैँचामा अन्दाजी २६ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

टाउको फुटेको र रगतले लत्पत्तिएका अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

Advertisement

युवतीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article