हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापामा अब विवाह, ब्रतबन्ध, पुराण, गुन्युचोली गर्न स्वीकृति लिनु पर्ने

भद्रपुर , माघ ६ । झापामा पनि ओमिक्रोन भेरियन्टको संक्रमण दर तीब्र रुपमा फैलिन थालेपछि अब कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न नपाईने भएको छ ।
जिल्ला प्रसाशन कार्यालय झापाले आज राति १२ वजेदेखि लागु हुने गरी माघ मसान्त सम्म सभा समारोह, आमसभा, जुलुस, भेला गर्न रोक लगाउने आदेश जारी गरेको हो ।

Advertisement

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशमा सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप यहि माघ मसान्तसम्म सञ्चालन गर्न नपाउने उल्लेख गरिएको छ ।

Advertisement

गोष्ठी, सेमिनार र बैठकहरु गर्नु पर्ने भर्चुअल माध्यममा मात्रै गर्नु पर्नेछ । त्यस्तै सिनेमा घर, डान्सबार, हेल्थ क्लब, जिम खाना, फुटसल, हाटबजार जस्ता धेरै मानिस भेला हुने कार्य माघ मसान्त सम्मका लागि सञ्चालन गर्न नपाइने आदेशमा छ ।

यदि कसैले विवाह, ब्रतबन्ध, पुराण, गुन्युचोली, पास्नी लगायतका सामाजिक कार्य गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिएर २५ जना भन्दा बढी मानिस भेला नहुने गरी स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै आयोजना गर्न पाइने बिहीबार बसेको बैठकले निर्णय गरेको छ । लोकतन्त्र पोस्टबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)