हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

महासचिव दाबी गरेका वर्षमान पुनले बिहानै भेटे प्रचण्डलाई

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुन अध्यक्ष प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुगेका छन्। लोमा उपचारपछि सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न बिहानै खुमलटार पुगेका हुन्।

Advertisement

त्यस क्रममा अध्यक्ष प्रचण्डले नेता पुनलाई स्वागत गर्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्। ​सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनासाथ पुनले आफू नेकपा माओवादी केन्द्रको महासचिव पदको स्वाभाविक दाबेदार भएको बताएका थिए।

Advertisement

नेकपा माओवादी केन्द्रको हालै सम्पन्न आठौं महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्ष चयन गरे पनि महासचिवलगायत अन्य पदाधिकारी चुन्न बाँकी छ। पदाधिकारी चयनको लागि माघ २५ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)