हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

देश र धर्म बचाउन राप्रपाको अभियानमा सहभागी हुन युवालाई राजेन्द्र लिङ्देनको आह्वान

काठमाडौं, १२ माघ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश बचाउने र धर्म जोगाउने आफ्नो पार्टीको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरेका छन् ।

Advertisement

राप्रपा केन्द्रीय कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यथास्थितिको निरन्तरताले देश बर्बाद हुने भएकाले देश र धर्मको रक्षाका लागि युवाहरू लागि पर्नुपर्ने बताए । यसका लागि राप्रपाको देश र धर्म रक्षाको अभियानमा सहभागी हुनुपर्ने उनको भनाइ छ ।

Advertisement

‘यथास्थितिको निरन्तरताले देश बर्बाद हुने अवश्यम्भावी छ, युवाहरुले राजनीतिलाई घृणा गर्ने होइन, देश बचाउने र धर्म जोगाउने राप्रपाको अभियानमा समाहित हुन ढिला नगरौं किनकि हामीसँग समय कम छ,’ अध्यक्ष लिङ्देनले भने ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)