हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आफ्नै दुई सांसदको मत नपाएपछि एमालेका गुरु बराल पराजित,गोला तान्दा बस्नेत विजयी

प्रदेश १ बाट राष्ट्रिय सभामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोपाल बस्नेत विजयी भएका छन् । एमालेका उमेदवार गुरु बरालसँग मतभार बराबर भएपछि गोला तान्दा बस्नेत विजयी भएका हुन् । खुलातर्फ एमालेका बराल र गठबन्धनका बस्नेतले मतभार बराबर अर्थात ४ हजार ४८८ प्राप्त गरेका थिए ।

Advertisement

एमालेका प्रदेश नम्बर १ का दुई जना सांसदले बराललाई मत दिएको भए बरालको मतभार बस्नेतको भन्दा धेरै भई उनी विजयी हुने थिए । तर, दुई जना प्रदेश सांसदको मत बरालले पाएनन् ।

Advertisement

एमालेका ४० जना सांसदले मततान गरेपनि बरालले जम्मा ३८ मत प्राप्त गरे । एमालेको एउटा मत राप्रपालाई गयो । अर्को एक मत बदर भयो । एमालेकै एक जना सांसद गुलेफुन मिया मत खसाल्न नै आइनन् । उनी सरकारी कागजात किर्ते मुद्दामा फारर सूचीमा छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)