हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

‘प्राङ्क’ भिडियोको नाममा सर्वसाधारणलाई दुःख दिनेलाई कारबाही हुन्छः गृह मन्त्रालय

गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिविना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना निकालेर सम्बन्धित व्यक्तिको अनुमतिविना तस्बिर खिच्ने र भिडियो बनाउने र ती व्यक्तिलाई जानकारी नै नदिइ सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही हुने जनाएको छ ।

Advertisement

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो ‘प्राङ्क’ तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न मन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

Advertisement

सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुन सक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवम् शान्ति सुव्यवस्थामा नकारात्मक प्रभाव पर्न सक्ने मन्त्रालयले बताएको छ । साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्न सक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिविना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न सचेत गराएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)