हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कांग्रेसको कार्यसम्पादन समिति गठन, को को अटाए त ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । आज बसेको कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा गरेको प्रस्ताव सर्वसम्मतरूपमा पारित भएको हो ।

Advertisement

कार्य सम्पादन समितिमा सभापति देउवासहित १३ जना पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल,  नेता कृष्णप्रसाद सिटौलासहित पूर्वपदाधिकारीहरू समेटिएका छन् ।

Advertisement

कांग्रेस विधानले पदाधिकारी र प्रवक्ता कार्यसम्पादन समितिमा स्वतः रहने व्यवस्था गरको छ । पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्ताको मनोनयन हुन बाँकी रहेको छ । त्यसबाहेक कार्यसम्पादन समितिमा ३१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । ४६ मध्ये सभापति देउवाले ३५ जनालाई समेटेका छन् भने ११ जनालाई पछि मनोनयन गरिनेछ ।

केन्द्रीय कार्यसम्पादन समिति यस्तो छ –
शेरबहादुर देउवा – सभापति

रामचन्द्र पौडेल – वरिष्ठ नेता

कृष्णप्रसाद सिटौला

पूर्णबहादुर खड्का – उपसभापति

धनराज गुरुङ – उपसभापति

गगन थापा- महामन्त्री

विश्वप्रकाश शर्मा-महामन्त्री

फरमुल्लाह मन्सुर – सहमहामन्त्री

भीष्मराज आङदाम्बे – सहमहामन्त्री

उमाकान्त चौधरी- सहमहामन्त्री

महेन्द्र यादव – सहमहामन्त्री

महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री

किशोरसिंह राठौंर- सहमहामन्त्री

बद्री पाण्डे – सहमहामन्त्री

जीवन परियार- सहमहामन्त्री

डा. शेखर कोइराला

गोपालमान श्रेष्ठ

प्रकाशमान सिंह

विमलेन्द्र निधि

विजयकुमार गच्छदार

डा शशांक कोइराला

चित्रलेखा यादव

डा.रामशरण महत

अर्जुननरसिंह केसी

डा प्रकाशशरण महत

सुनिलबहादुर थापा

डा शेखर कोइराला

बलबहादुर केसी

बालकृष्ण खाण

ज्ञानेन्द्रबहादुर कार्की

उमा रेग्मी

रमेश रिजाल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)