कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मनीषा कोइरालाको सामाजिक संजालमा यो तस्वीर देखेपछि फ्यान भए दुःखी

काठमाडौं–नेपाली चेली मनीषा कोइराला एक समय बलिउडकी सुपरहिट नायिका हुन । आज पनि बलिउडमा उनका फ्यानको कमी छैन् । ९० को दशकमा सबैभन्दा सफल अभिनेत्री बलिउडबाट टाढिए पनि सामाजिक सञ्जालमा भने सकृय रहिरन्छिन् । आफ्नो फोटो र भिडियोमार्फत सामाजिक सञ्जालमा उनी आइरहन्छिन् । हालैमात्र मनीषाले आफ्नो एक तस्वीर इन्स्टाग्राममा सेयर गरेकी छन् ।

Advertisement

तस्वीर झट्ट हेर्दा मनीषा नै हो भन्ने ठम्याउन गाह्रो पर्छ । कुनै समय सुन्दरताका कारण करोडौं दर्शकको मन जितेकी मनीषाको यो तस्वीर देखेपछि उनका फ्यानहरु दुःखी बनेका छन् । उनीहरु ‘मनीषालाई के भएको हो ? ’ भनी प्रश्न सोधिरहेका छन् ।तस्वीरमा मनीषा निकै कमजोर देखिएकी छन् ।

Advertisement

मनीषाले काठमाडौंको घरमा रहेको आफ्नो तस्वीर इन्स्टाग्राममा राखेकी हुन् । तस्विर राखेपछि फ्यानहरुले विभिन्न प्रतिकेया दिइरहेका छन् । । एक प्रयोगकर्ताले ‘फूलजस्तो अनुहारलाई के भयो ? ’ भनी सोधेका छन् । अर्काले ‘आफ्नो ध्यान राख्नुहोस् मेम’ भनी लेखेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article