स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रदेश १ मा आज ३९७ जनामा संक्रमण , २ महिलाले ज्यान गुमाए

झापा l   प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५–५, उदयपुर, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको हो ।

Advertisement

मोरङको विराटनगरमा ६५, बुढीगंगामा ५, सुन्दरहरैचामा ३, ग्रामथानमा २, पथरीशनिश्चरे, रंगेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ । सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा ३, दुहवी र बराहक्षेत्रमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, झापाको कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, संखुवासभा, पाँचथर र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

प्रदेश १ मा आज ९०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०२ महिला र ५०० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ६५७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article