समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापामा ट्र्याक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु

झापा, १५ माघ:  कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् ।

Advertisement

बुबा बालकृष्णले चलाएको मे१त ७५९ नंको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकीआरुची घाइते भएकी हुन् ।

Advertisement

उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएकोे थियो । उनको उपचारकै क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article