समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नोबेल अस्पतालले झापाको सहयोगी समाजलाई दियो एम्बुलेन्स

झापा । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनील शर्माले झापाको बिर्तामोड–१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा.शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मूल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गरेका हुन् ।

Advertisement

बिर्तामोडमा माघ १५ गते एक कार्यक्रमका बीच एम्बुलेन्स हस्तान्तरण गरिएको हो । कार्यक्रममा नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले समाजका अध्यक्ष नवीन बिमलीलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । चाबी हस्तान्तरण गर्दै प्रबन्धक दाहालले डा.सुनील शर्माले यसअघि गरेको घोषणा बमोजिम सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरिएको बताए ।

Advertisement

कार्यक्रममा प्रदेशसभा सदस्य ओम सरावगी, सहयोगी समाजका अध्यक्ष एवं नेपाली कांग्रेस झापाका सचिव बिमली, बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग लगायतले एम्बुलेन्स प्रदान गरेर सहयोग पु¥याएको भन्दै नोबेल अस्पतालका सञ्चालक डा.शर्माको सेवाभावको प्रशंसा गरेका थिए ।

गत २०७६ सालको असोज ६ गते नेपाली कांग्रेस झापा क्षेत्र नं– ३ ले कांग्रेसको राष्ट्रिय जागरण अभियानका क्रममा झापाको बिर्तामोड–१० स्थित सैनिक बजारमा आयोजना गरेको कार्यक्रममा डा.शर्माले सो क्षेत्रलाई निःशुल्क एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप एम्बुलेन्स प्रदान गरिएको हो । यो एम्बुलेन्सले अब सो क्षेत्रका बिरामीहरुलाई सहुलियत दरमा सेवा प्रदान गर्ने बताइएको छ ।

डा.शर्माले झापामा प्रदान गरेको यो दोस्रो एम्बुलेन्स हो । यसअघि उनले बुद्धशान्ति गाउँपालिका–३ स्थित महिला सामुदायिक अस्पताललाई पनि एम्बुलेन्स दिएका थिए । समाजसेवाका क्षेत्रमा बेग्लै पहिचान बनाएका डा.शर्माले यसअघि पूर्वी पहाडी जिल्ला पाँचथर र कर्णालीको विकट जिल्ला कालिकोटमा पनि एम्बुलेन्स प्रदान गरेका छन् ।

उनले मोरङको पथरी–शनिश्चरे, इटहरा, सुन्दरहरैंचा लगायत क्षेत्रमा पनि निःशुल्क एम्बुलेन्स दिएका छन् । जसका कारण ग्रामीण क्षेत्रका बिरामीहरुलाई उपचारका लागि समयमै अस्पताल पुग्न निकै सहज भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article