स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीका विद्यार्थीलाई आजदेखी कोरोना विरुद्ध मोर्डना खोप लगाउन शुरु

जलथल ,झापा । हल्दिवारी गाउँपालिका भित्रका सबै आधारभूत तथा मावी विद्यालयमा अध्यनरत विद्यार्थीलाई आजदेखी कोरोना विरुद्धको मोर्डन खोप लगाउन शुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

Advertisement

स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार १२ देखि १७ बर्ष उमेर समुहका करिब ४ हजार विद्यार्थीलाई खोप लगाउन शुरु गरिएको छ। आज हल्दिवारी गाउँपालिका वडा नम्बर १ को जनजागृती मावी ,२ को हल्दिवारी नमूना मावी ,३ को लक्ष्मी माविमा रहेका विद्यार्थीलाई खोप लगाईएको छ ।

Advertisement

तिनदिन सम्म संचालन हुने खोप अभियानबाट विद्यालय तथा अन्य बालबालिका गरि ४ हजार भन्दा बढिलाई खोप लगाउने व्यवस्था मिलाएको स्वास्थ्य प्रमुख निरौलाले जानकारी दिनु भएको छ । मोर्डना खोप लगाएका बालबालिका १ महिनामा दोस्रो मात्रा खोप लगाउने तयारी समेत गरेको स्वास्थ्य शाखाले जनाएको छ।

बालबालिकाको लागि पहिलो चरणको खोप सकिने बितिकै जेष्ठ नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज यही माघको २४,२५ देखि शुरु गर्ने पनि प्रमुख निरौलाले बताउनु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article