हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीका ३३ सय विद्यार्थीले लगाए कोरोना विरुद्धको खोप 

हल्दिवारीका ३३ सय विद्यार्थीले लगाए कोरोना विरुद्धको खोप
जलथल,झापा । झापाको हल्दिवारी गाउँपालिकाका भित्र रहेका विद्यालयमा अध्यनरत १२ बर्ष  देखि १७ बर्ष  उमेर समुहका ३३ सय १० विद्यार्थीले कोरोना विरुद्धको मोर्डना खोप लगाएका छ्न ।
हल्दिवारी गाउँ स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले दिएको जानकारी अनुसार  यहाँका सामुदायिक तथा निजि  विद्यालयमा अध्यनरत ४ हजार विद्यार्थी लाई खोप लगाउने व्यवस्था मिलाएकोमा ३ दिनमा ३३ सयले खोप लगाएका हुन ।
उनका अनुसार १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थी ( बालबालिका) तथा  १८ देखि माथिका खोप लगाउन छुटेकाहरुको लागि भने २० गतेदेखि नजिकको स्वास्थ्य संस्थामा  गएर खोप लगाउन सक्ने  छ्न ।
प्रमुख निरौलाका अनुसार हल्दिवारीमा पहिलो र दोस्रो खोप लगाउनेको संख्या भने २३ हजार पुगेको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)