हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल चयन

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरी अध्यक्ष पद गुरु ढकाल चयन

झापा  : राष्ट्रिय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा आज (बिहीबार) इटहरीमा आयोजना गरिएको जिल्ला भेलाले ढकाललाई सुनसरी अध्यक्षमा चयन गरेको हो ।

Advertisement

इटहरी निवासी ढकाल १५ वर्षदेखि फोटो पत्रकारितामा सक्रिय संलग्न रहेका छन् ।

Advertisement

यस्तै, उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, सचिवमा अर्जुन सुवेदी, सहसचिवमा सन्चिता धमला र कोषाध्यक्षमा बुलेट खतिवडा चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा सुमन भट्टराई, आरबी कटवाल, संगीत सिग्देल, रामकुमार कटवाल, बिनोद आचार्य, गणेश यादव, सचिन राई र दीपक पुरी चयन भएका छन् ।

गठनअघि पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, प्रेस चौतारी सुनसरी अध्यक्ष शुभद्रा प्याकुरेल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरी अध्यक्ष नवीन गुरुङ, वरिष्ठ फोटोग्राफर बिशप ताम्राकार लगायतले बोलेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)