समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

छोराले गरे जग्गाको लागि आमाको हत्या

मोरङ l  आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको अभियोगमा मोरङ,पथरी शनिश्चरे नगरपालिका-२ बस्ने ४८ वर्षीय कमल श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

माघ १२ गतेदेखि घरैबाट एक्कासि हराएको भनिएकी बृद्धाको हत्यापछि शव जलाएको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । घटनाको मूल कारण जग्गा विवाद रहेको खुलेको छ।

श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाइहरूलाई थाहा नै नदिई आफ्नी श्रीमतीको नाममा बनाएको जानकारी भए पश्चात अदालतमा मुद्दा परेको तथा अदालतले उक्त जग्गामध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिसको आवेगमा उनले आमाको हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)