प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले परियारलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।

परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहेका बेला प्रेस संयोजक भएर काम गरेका थिए । गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस सहयोगीका रुपमा काम गर्दै आएका थिए ।

प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् । प्रधानमन्त्रीले यसअघि किरण गजुरेललाई भाषण तथा वक्तव्य विज्ञ समूहमा रहने गरी नियुक्त गरेका थिए ।